Rule 7
विद्युतीय अभिलेख प्राप्तिको भरपाई
उत्पत्तिकर्ताले कुनै विद्युतीय अभिलेखको सम्बन्धमा त्यस्तो विद्युतीय अभिलेख प्राप्त भएको सूचना वा भरपाई प्रापकबाट प्राप्त गरेपछि मात्र निजको हकमा त्यस्तो विद्युतीय अभिलेख बन्धनकारी हुने भनी उल्लेख गरेको अवस्थामा बाहेक त्यस्तो विद्युतीय अभिलेख प्राप्त गरेको मितिले तीन दिन भित्र उत्पत्तिकर्ताले विद्युतीय अभिलेख प्रापकबाट प्राप्त भएको सूचना वा भरपाई प्राप्त गरिसकेको हुनु पर्नेछ । तर उत्पत्तिकर्ता र प्रापकबीच आपसी सहमति भई कुनै विद्युतीय अभिलेख आदान प्रदान भएको कुरा स्वीकार्य भएको अवस्थामा यस नियम बमोजिमको अवधि लागू हुने छैन ।